आम आदमी पार्टी र भाजपाको दुरी बद्यो

एजेन्सी– दिल्लीस्थित केजरीवाल सरकारलाई नयाँ झड्का लागेको छ । गृहमन्त्रालयको सिफारिसमा एक्कासि आफ्ना ९ जना सल्लाहकार (उपराज्यपाल) हटाउने निर्णय भएपछि केजरीवाल सरकालाई झट्का लागेको हो ।

दिल्लीमा अहिले आम आदमी पार्टीको सरकार रहेको छ ।  यो  निर्णयसँगै केजरीवाल सरकार र केन्द्र सरकारबीच थप द्वन्द्व बढ्न सक्ने देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । यसअघि पनि बेला बेलामा केन्द्र सरकारसँग केजरीवाल नेतृत्वको द्वन्द्व चर्किने गरेको थियो । यो निर्णयले थप द्वन्द्व हुनसक्ने जनाइएको छ ।

Advertisement

हटाइएका सल्लाहकारहरुमा अतिशी मर्लेना, राघव चड्डा, अरुणोदय प्रकाश, अमरदीप तिवारी, रामकुमार झा, प्रशान्त सक्सेना,समिर मल्होत्रा, दिनकर अदीब र रजत तिवारी रहेका छन् ।  भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकार र आम आद्मी पार्टी नेतृत्वको दिल्ली सरकार भएका कारण पनि बेला बेलामा राजनीतिक द्वन्द्व हुने गरेको धेरैको आंकलन छ । अहिले दिल्ली सरकारको नेतृत्व आम आद्मी पार्टीको तर्फबाट अरविन्द केजरीवालले गरेका छन् ।

More News last news
Loading...