काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ । पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।
मंगलबार बसेको बैठकले पार्टी एकताको लागि बनेका कार्यदलको प्रतिवेदनलगायतका विषयमा छलफल गरेको थियो।
दुई पार्टीबीच आउँदो आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर एकता गर्ने निर्णय भए पनि एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, चुनाव चिह्न के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने बारेमा सहमति जुटेको छैन।
एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको थियो । दुवै पार्टीका नेताहरुले वैशाख ९ गते नै पार्टी एकता हुने सम्भावना रहेको बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
