मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको रारा तालको किनारबाट सम्बोधन गरेका छन् । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगु पुगेका प्रधानमन्त्री ओलीले देशवासीलाई राराको आँगनबाटै देशबासीको नाममा १८ पन्ने लिखित सम्बोधन गरेका हुन्।
विकास, समृद्धि, तीब्र गतिको विकास, भ्रष्टाचारको अन्त्यलगायतका विषयहरु प्रधानमन्त्रीको सम्बोधनमा समेटिएका छन्।
शुक्रबार राराको डिलमा कर्णाली प्रदेशको क्याबिनेट बैठकमा समेत प्रधानमन्त्री र काठमाडौंबाट गएका केही मन्त्रीहरुले सहभागिता जनाएका थिए।
यस्तो छ सम्बोधनको पूर्ण पाठ
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
