काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७९ पैसा र विक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र विक्रिदर २८ रुपैयाँ ७८ रुपैयाँ छ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३५ पैसा र विक्रिदर २८ रुपैयाँ ५१ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८६ पैसा र विक्रिदर २७ रुपैयाँ ०१ रहेको छ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४७ रुपैयाँ १७ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ १७ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७६ रुपैयाँ ३७ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ९६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
