झन् बढ्यो सुनचाँदीको भाउ, कति छ आज ?

काठमाडौं । बिहीबार पनि सुनको भाउ बढेको छ । बिहीबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार फेरि बढेको हो।

बिहीबार पनि सुनको भाउ ५ सय रुपैयाँले बढेर तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अमेरिका र सिरियाको द्वन्द्वका कारण सुनको भाउ उकालो लागेको हो।

Advertisement

अमेरिका र सिरियाको सम्बन्ध बिग्रिँदै गएकाले भाउ अझै बढ्न सक्ने महासंघले जनाएको छ। यस्तै बिहीबार चाँदीको पनि भाउ बढेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...