काठमाडौँ । बैशाख ९ मा पार्टी एकता गर्ने लक्ष्य बोकेका एमाले र माओवादी केन्द्रबीचको असमझदारी अझै अन्त्य हुन सकेको छैन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा माओवादी केन्द्रले असन्तुष्टि जनाएपछि समझदारी बन्न नसकेको हो ।
पार्टी एकतालाई मूर्त रुप दिन हिजो एकता संयोजन समितिको बैठक बोलाइएपनि बस्न सकेन । दुबै दलका नेताहरुले भने अनौपचारिक छलफल जारी रहेको बताएका छन् । माओवादी केन्द्रले ओलीको कार्यशैलीमा शंका व्यक्त गरेको छ । माओवादी यतिवेला पर्ख र हेरको अवस्थामा रहेको नेताहरुले बताएका छन् ।
पार्टी एकीकरण प्रक्रियालाई हतारमा निष्कर्षमा पु¥याउनुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले तय गरेको हो । पार्टी एकतापछि आफ्नो भूमिका कमजोर हुनसक्ने माओवादी नेतृत्वको बुझाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
