काठमाडौँ । नविनियुक्त प्रहरी महानिरीक्षकले दर्ज्यानी चिन्ह पाएका छन् । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक सवेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षकको वरियतामा एक नम्बर रहेका खनाल र सशस्त्रका प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
निवर्तमान महानिरिक्षक प्रकाश अर्यालसँगै अन्य वरिष्ठ प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधीका कारण हिजोबाट अवकाश पाएका छन् । यस्तै सशस्त्रका महानिरिक्षक सिंहबहादुर श्रेष्ठले पनि ३० वर्षे सेवा अवधीका कारण हिजोदेखि नै अवकाश पाउनुभएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
