पोखरा । सिताराम कट्टेल (धुर्मुस) ले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने धेरैजसो इन्डोर तथा आउटडोर खेलहरु अटाउने गरी स्पोर्टस भिलेजको अवधारणामा रंगशालाको निर्माण गरिने बताएका छन् ।
धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने रंगशाला ‘बहुउपयोगी’ प्रकृतिको हुने भन्दै भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, स्वीमिङलगायत धेरै खेलहरुका लागि सुविधायुक्त रंगशाला हुने उल्लेख गरेका छन् ।
रंगशालको नाम भने लर्ड वुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम नै रहने छ । धुर्मुसको टिमले रंगशाला कहाँ बनाउने भनेर निर्णय सार्वजनिक गरेको छैन ।
पछिल्लो पटक खेलकुद मन्त्रालयको सुझावमा धुर्मुसको टोली पोखरामा जग्गा हेरेर फर्किएको थियो । तर, पोखरामा अत्यधिक वर्षा भइरहने कारणले त्यहाँ क्रिकेट रंगशाला बनाउनु उपयुक्त नहुने उनलाई धेरैले सुझाव दिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
