भारतीय रेलबाट निर्यात गर्ने बस्तु उत्पादन गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । भारतसँग रेलमार्ग र जलमार्ग विस्तारको सहमति गरेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्ज–काठमाडौं रेलबाट नेपाली उत्पादन निर्यात गरी मुलुकको व्यापारघाटा कम गर्नुपर्ने बताएका छन् ।

प्रारम्भिक अध्ययनसमेत नभएको रेलमार्गप्रति निकै उत्साहित देखिएका ओलीले रेल आएपछि कुन वस्तु कति उत्पादन गर्ने भन्ने तयारीमा लाग्न व्यवसायीलाई सुझाव पनि दिए ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं साधारणसभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘नेपालमा रेल आएपछि के निर्यात गर्ने भन्ने तयारीमा लाग्नुस्, मसँग त निर्यात गर्ने केही वस्तु नै छैन ।’  – कारोबार दैनिकबाट

More News last news
Loading...