श्रृङ्खला खतिवडाले जितिन् ‘मिस नेपाल’को उपाधि

काठमाडौँ । मिस नेपाल– २०१८ को उपाधि हेटौंडाकी २२ वर्षीया श्रृंखला खतिवडाले जितेकी छन्।

बुधबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा हिडन ट्रेडरले आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन्।

Advertisement

ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भएका छन्।

More News last news
Loading...