अब चेन्नाईको मैदानमा आईपीएलका खेल नहुने, हिंसा भड्कियो

कावेरी जल विवादका कारण भारतको तामिलनाडुमा हिंसा भड्किएको छ । जसको प्रभाव इण्डियन प्रिमियर लिग आईपीएलमा पनि पर्ने भएको छ ।

चेन्नाईको मैदानमा खेलिने सबै खेल अर्को मैदानमा खेलिने भएको छ ।

Advertisement

कावेरी प्रवर्धन बोर्ड गठनलाई लिएर तामिलनाडुमा राजनीतिक दलहरुको विरोध प्रदर्शन जारी छ । जसका कारण चेन्नाई प्रहरीले आईपीएलको सुरक्षा गर्न नसक्ने जनाएको छ ।

मंगलबार चेपाकको मैदानमा दुई सालपछि आईपीएलको खेल भएको थियो । चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सबीच भएको खेलका बीचमा पनि बाहिर विरोध प्रदर्शन जारी थियो ।

यस सीजनमा एमए चिदम्बर स्टेडियममा कुल सात खेल हुने तय भएको थियो जसमध्ये एक खेल मात्र भएको छ अब अन्य खेल उक्त मैदानमा हुनेछैन ।

आइपीएल कमिसनर राजिव शुक्लाले सुरक्षा बढाउनका लागि केन्द्रीय गृहसचिवसँग कुरा गरेपनि त्यो सम्भव भएन जसका कारण बीआईसीसीले चेन्नाइको खेलनै उक्त मैदानमा नगर्ने निर्णय गरेको छ ।

आईपीएलमा मंगलबार चेन्नाइ सुपरकिंग्स तथा कोलकता नाइट राइडर्सबीच खेल जारी भएको समयमा प्रदर्शनकारीले जुत्ता प्रहार गरेका थिए । केही प्रदर्शनकारी स्टेडियममा प्रवेश गर्दै मैदानमा जुत्ता फालेका थिए ।
खेल चेन्नाइले जितेको थियो ।

More News last news
Loading...