काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राजीनामा दिएका छन् ।
प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि खरेलले राजीनामा दिएका हुन् ।
प्रहरी प्रधान कार्यालयको कार्यविभाग शाखा पुगि खरेलले राजीनामा बुझाएका हुन् ।
आफू प्रहरीमात्र भइरहन जागिरमा नबस्ने उनले बताए ।
‘प्रहरी संगठनमा प्रहरीमात्र भइरहन जागिर खाइरहनु पर्दैन,’ राजीनामा दिँदै खरेलले भने,‘ प्रहरी संगठन र देशका लागि मेरा केही सपना थिए जो पूरा गर्न नसक्ने भएँ त्यसैले राजीनामा दिए ।’
सरकारले मंगलबार साँझ पहिलो नम्बरका डीआईजी सर्वेन्द्र खनाललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेसँगै खरेल रुष्ट भएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
