पार्टी एकीकरणबारे छलफल गर्न वाम एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको टुंगो लगाउन पार्टी एकता संयोजन समितिको बैठक आज साँझ बस्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफलपछि संयोजन समिति बैठक बोलाइएको हो । संयोजन समितिले राजनीतिक दस्तावेज लेखन कार्यदल र संगठन तथा अन्तरिम विधान कार्यदलले पेश गरेका दुबै मस्यौदामाथि छलफल गर्ने छ ।

Advertisement

राजनीतिक दस्तावेजमा समस्या नभएको तर विधान र संगठनात्मक मस्यौदाका दुई विषयमा भने सहमति बन्न सकेको छैन । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य हुने÷नहुने र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने/नराख्ने भन्नेमा विवाद छ ।

यस्तै माओवादीले केन्द्रीय कमिटीमा बराबरी हैसियत हुनुपर्ने माग पनि गरिरहेको छ । एमाले भने माओवादीको मागमा सहमत छैन । एमाले पछिल्लो निर्वाचन परिणामका आधारमा संख्या बाँडफाँट हुनुपर्ने पक्षमा छ ।

एकता कार्यदलले भने २९९ सदस्यीय केन्द्रीय कमिटी हुने विधान प्रस्ताव गरेको छ ।

More News last news
Loading...