पोखरामा घरनजिकैको भीरबाट खसेर एक महिलाको मृत्यु

कविराज खनाल/नयाँ पुस्ता

लेखनाथ । पोखरा लेखनाथ महानगरपालिका – ३२ गढीघाट स्थायी घर भएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ।

Advertisement

४६ वर्षीय पुतली सर्कीनी नाम गरेकी महिला गए राती घर नजिकैको भीरबाट लडेर मृत्यु भएको छ।

गए राती अबेर सम्म घर नआएपछि परिवारले खोज तलास गर्दा मंगलबार बिहान मात्रै घर नजिकैको भीरमा मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

हाल मृत महिलाको शव पोर्टमार्टमको लागि पश्मिान्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको प्रहरी कार्यालय डाडाँकोनाकले जनाएको छ।

More News last news
Loading...