दुवै प्रहरीमा आईजीपी नियुक्तः प्रहरी प्रमुखमा सर्वेन्द्र, सशस्त्रमा शैलेन्द्र

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् ।

सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आईजीपी पदका लागि दौडमा रहेका तीन डीआईजीमध्ये खनाललाई नियुक्त गरेको हो ।

Advertisement

आईजीपी पदका लागि डीआईजीहरु रमेश खरेल र पुष्कर कार्की पनि खनालसँगै प्रतिस्पर्धामा थिए ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल तथा सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बुधबारबाट अवकाश पाउँदैछन् ।

More News last news
Loading...