प्रदेश ४ को मुख्यमन्त्रीको तलब ६० हजार, अरु कसको तलब कति ?

काठमाडौं । प्रदेश ४ को सोमबारको प्रदेश सभा बैठकले मुख्यमन्त्रीको तलब मासिक ६० हजार ९ सय ७० रुपैयाँ कायम गरेको छ।

मन्त्रीहरुको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ मासिक पारिश्रमिक तोकिएको छ। सबैलाई आवास, सवारी साधन, सञ्चार सुविधा, अथिति सत्कार लगाएतका सुबिधा थप छन् ।

Advertisement

विधेयक प्रदेशस भाको चैत १२ को प्रदेशसभामा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पेश गरेका थिए। सोमबारको बैठकमा मन्त्री चुमानले विधेयक निर्णायार्थ प्रस्तुत गरेकोमा ध्वनि मतका आधारमा सर्वसम्मतले पारित भएको हो।

विधेयकमा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीलाई आवास सविधा, विदेश जादा भत्ताको २ सय ५० डलर दिने व्यवस्था गरेको छ । यसैबीच प्रदेशसभाको सोमबारको बैठकले प्रदेशसभा नियमावलीको पहिलो संशोधन गरेको छ।

More News last news
Loading...