ओली सरकारको श्वेतपत्र प्रति काँग्रेसको आयो यस्तो धारणा !

काठमाडौ । नेपाली कांग्रेसले ओली सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ ।

प्रमुख प्रतिपक्ष दल समेत रहेको काँग्रेसले सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले श्वेतपत्रबारे यस्तो धारणा सार्वजनिक गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए ।

Advertisement

पत्रकार सम्मेलनमा सरकारले आशा र भरोसा दिनुपर्नेमा ढुकुटी रित्तो भएको भनेर भ्रम छार्न खोजिएको शर्माले बताए । ‘सरकारले हामीले शुन्यबाट सम्बृद्धिको यात्रा सुरु गरेको भनेर भ्रम छर्न खोज्यो,इतिहासमा भएको कामलाई अवमुल्यन गरियो’,शर्माले भने ।

कांग्रेसका नेता खुमबहादुर खड्काको निधनको कारण औपचारिक कार्यक्रम नगरेको कारण स्वेतपत्रमा आधिकारिक धारणा राख्न ढिलो भएको कांग्रेसले जनाएको छ ।

चैत १६ गते अर्थमन्त्री युवराज खतिवडाले संसदमा श्वेतपत्र जारी गर्दै सरकारी ढुकुटी लगभग रित्तिएको बताएका थिए।

More News last news
Loading...