काठमाडौं । बलिउड अभिनेता सलमान खान धरौटीमा रिहा भएलगत्तै उनको नेपाल टुरको मिति घोषणा गरिएकोे छ।
पाँच वर्ष जेलसजाय सुनाइएका सलमान दुई दिन जेल बसेर शनिबार साँझ ५० हजार धरौटी बुझाएर छुटेका थिए।
उनलाई दुई कालो हरिण सिकारको मुद्दामा बिहीबार जोधपुरको स्पेसल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो।
जेलबाट छुटेको केही समयपछि नै नेपालको आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टलाई पत्रमार्फत दबंग टुरको भारतस्थित आधिकारिक इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले सलमानको नेपाल टुरको मिति सार्वजनिक गरेको हो।
ओडीसी इन्टरनेनमेन्टका प्रमुख सीमान्त गुरुङले सलमान कन्सर्टका लागि नेपाल आउने मिति निश्चित भएको पुष्टि गरेका छन्।
ओडीसी नेपालले सार्वजनिक गरेका पत्रमा सलमानको नेपाल कन्सर्ट २०७५ साल जेठ १२ गते शनिबार हुने उल्लेख छ ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनीष पावलको प्रस्तुति रहनेछ।
यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडीसी इन्टरटेनमेन्टले फागुन २६ गतेको ’द दबंग टुर’ स्थगित गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
