प्रतिकात्मक तस्बिर
पोखरा । तनहुँमा आफ्ना वृद्ध बाबु कुट्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
तनहुको भानु नगरपालिका ९ बडहरे निवासी ६६ बर्षीय वृद्ध तिलक बहादुर पाण्डेलाई कुट्ने ४० बर्षीय छोरा धर्मराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार धर्मराजले आफ्नै वृद्ध बाबुलाई २४ गते शनिबार राति कुटपिट गरि घाईते बनाएका थिए।
धर्मराजले कुटपिट पछी घाईते भएका वृद्ध बाबु लाइ उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाएका थिए।
कुटपिट गर्ने धर्मराजलाई आइतबार बिहान ४ बजे नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जनाएका छन् । पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
