हिन्दु बालसन्तमाथि गोली प्रहारको सर्वत्र निन्दा, राप्रपा राष्ट्रवादीले गर्यो चर्को विरोध

काठमाडौं । गएराती विराटनगरमा बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गोली हानी हत्याको प्रयास गरिएकोमा चौतर्फी घटनाको निन्दा गरिएको छ।

उनलाई विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहार गरी हत्याको प्रयास गरिएको थियो । सो घटनाको विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था लगायतले त्यसको विरोध जनाएका छन्।

Advertisement

एकीकृत राष्टिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले सो घटनाको निन्दा गरेको छ । सो पार्टीले धर्मनिरपेक्षको नाममा नेपाली संस्कृतमाथि प्रहार गर्न थालिएको भन्दै चिन्ता व्यक्त गरेको छ।

सो पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आइतवार विज्ञप्ती जारी गर्दै सो घटनाले नेपालमा अशान्ति, अराजकता तथा धार्मिक द्धेष फैलाउने योवनावद्ध प्रयासको सुरुवात भएको उल्लेख गरिएको छ।

सो पार्टीले सो घटनामा संलग्न अपराधीलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सरकारसँग माग पनि गरेको छ।

यता, राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्ति जारी गरी घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न अभियुक्तलाई पहिचान गरी दण्डित गर्न आग्रह गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेको छ । हिन्दू जागरण अभियानले पनि सो घटनाको निन्दा गरेको छ।

More News last news
Loading...