‘हाइ प्रोफाइल’ बाल यौन दुराचारी पक्राउ

काठमाडौं । बाल यौन दुराचारको आरोपमा क्यानेडियन नागरिक पिटर डाल्गिस पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई काभ्रेको मन्डन देउराउली नगरपालिकाबाट पक्राउ परेको हो।

Advertisement

प्रहरीका अनुसार उनी बाल यौन दुराचारको आरोपमा पक्राउ पर्ने ‘हाइ प्रोफाइल’ व्यक्ति हुन्।

गैर नाफामूलक संस्था स्ट्रिट किड्स इन्टरनेशनलका संस्थापकसमेत रहेका उनी २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार थिए।

त्यसपछि २०१० देखि ०१४ सम्म यूएन हाबिटाटको अफगानिस्तान प्रतिनिधि रहेका उनले अहिले ‘हिमालयन कम्युनिटी फाउण्डेसन’ चलाएका छन् ।

उनले आफ्नो परिचयमा ‘बालबालिकाको साहस’ भनेका छन् र विश्वका गरिब बच्चाहरुलाई आफ्नो जीवन समर्पित गरेको बताउने गरेका छन् । तर, तीनै व्यक्ति बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका छन्।

More News last news
Loading...