बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

वुटवल । रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भिषण आगलागी भएको छ ।

बुटवल उपमहानगरपालिका-८ स्थित सुपरमार्केटको माथिल्लो तलामा आगलागी भएको हो । बिहान ४ बजेदेखि दन्किएको आगो नियन्त्रण बाहिर छ । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित दुई ओटा दमकलले प्रयास गरिरहेका छन् ।

Advertisement

बुटवल र भैरहवाको दमकलले आगो निभाउने प्रयास जारी राखेका हुन् । कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाइएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ ।

भाटभटेनी सुपरमार्केट गत बैशाख महिनाबाट सन्चालनमा आएको थियो ।

More News last news
Loading...