एजेन्सी । बलिउड अभिनेता सलमान खानले शनिबार जेलबाट मुक्ति पाएका छन्। कालो हरिण शिकारको आरोपमा बिहीबार जेल परेका सलमान समानतमा रिहा भएका हुन्।
सलमान जेलबाट घर फर्किएपछि अभिनेत्री कटरीना कैफ लगायतका बलिउड कलाकारहरु सलमानलाई भेटन घर पुगेका थिए।
केही समय पहिले सलमान र कटरीनाबीच प्रेम सम्बन्धको चर्चा पनि चलेको थियो। पछि यो जोडीको प्रेम सम्बन्धमा ब्रेकअप भएको समाचार पनि बाहिरीएको थियो। प्रेम सम्बन्ध टुटेको खबरपनि धेरै समय यो जोडी पर्दामा सँगै देखिएको थिएन्। तर सलमानको पछिल्लो सलचित्र टाइगर जिन्दा हे मा यी दुईले सँगै काम गरेर सबैलाई चकित समेत बनाएका थिए।
अर्की अभिनेत्री मलाइका अरोडा पनि सलमानलाई भेट्न उनकै अपार्टपेन्टमा पुगेकी थिइन्। त्यस्तै अमृता अरोडा, महेश मान्जरेकर, डेजी शाह पनि सलमानलाई भेटन उनकै अपार्टमेन्टसम्म पुगेकी थिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
