क्रिकेट स्टेडियमका लागि जमिन हेर्न धुर्मुस-सुन्तलीको टोली पोखरामा

पोखरा । अन्तर्राष्टिय स्तरको क्रिकेट स्टेडियम निर्माणका लागि जग्गा खोज्दै धुर्मुस-सुन्तलीको टोली पोखरा आएर फर्किएको छ।

करीब १ साता अघि स्टेडियम निमार्ण गर्ने घोषणा गरेका उनीहरुले सम्भावित र उपयुक्त स्थानको खोजी गर्दै पोखरा आएका हुन्। उनीसँगै नेपाल क्रिकेट संघ क्यानकी पूर्व कार्यकारी अधिकृत भावना घिमिरे, फाउण्डेशनका पदाधिकारी र प्राविधिकसहितको टोली पोखरा आएको थियो।

Advertisement

मुलपानीको क्रिकेट मैदान सरकार आफैंले निर्माण गर्ने बताएपछि टोली पोखरा आएको हो। टोली पोखरा रंगशालामा रहेको क्रिकेट मैदान, क्रिकेट मैदानको लागि प्रस्ताव गरिएको पशुपति घाट र हेमजामा रहेको मैदानको अवलोकन गरी काठमाडौँ फर्किएको छ।

पोखरा आएको टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको टोलीले पोखरामा रहेको सम्भावित स्थान, पोखरामा बन्दै गरेका खेल संरचनालगायतका बारेमा जानकारी गराए।

पौडेलले पोखरामा स्टेडियम निमार्ण गर्ने भए फाउण्डेशनलाई आवश्यक पर्ने जग्गा उपलव्ध गराउने प्रतिबद्धता जनाए। उनले डिपिआर बनाउनेदेखि आवश्यक अन्य सहयोग गर्नसमेत तयार रहेको बताए।

पोखरामा सम्भावित स्थानहरु हेरेपछि धुर्मुसले पोखरासँगै अन्य स्थानमा जमिनको कुनै समस्या नरहेको प्रतिक्रिया दिए। उनले स्टेडियम अन्तर्राष्टिय क्रिकेट संघ आइसिसिले तेकोको मापदण्डअनुसार निमार्ण हुने भएकाले खेलका लागि उपयुक्त वातावरण, सुरक्षा, अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल, होटललगायतका सुविधाहरु आवश्यक रहेको बताए।

टोलीसँगै फाउन्डेसनका इन्जिनियर रविभुषण झाले मल्टि परपोज वास्केट बल, टेवुलटेनिस लगायतका खेल खेल्न मिल्ने हिसावले स्टेडियम निमार्ण हुने भएकाले २-३ सय रोपनी जग्गा आवश्यक पर्ने बताए। आइसिसिको मान्यता अनुसार निमार्ण हुने स्टेडियममा ४० हजार दर्शक अट्ने क्षमताको हुनुपर्ने र निमार्णका लागि २ अर्ब बढी खर्च लाग्ने उनले बताए।
(नयाँ पत्रिका दैनिक)

More News last news
Loading...