काठमाडौँ । क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडेको एक बसलाई ठक्कर दिँदा गाडी चालकसहित १४ जना खेलाडीको ज्यान गएको छ ।
दुर्घटनामा खेलाडीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । २८ जना यात्रु रहेको बसलाई एक मालबाहक ट्रकले ठक्कर दिएपछि बस दुर्घटना भएको थियो । दुर्घटनामा १४ जनाको घटनास्थलमा नै ज्यान गएको थियो ।
शुक्रबार राति हुने ‘सस्काचुवन जुनियर हकी लिग’ खेल्न त्यो समूह ‘द हम्बोल्ट ब्रोन्कोस’ गन्तब्यतर्फ गइरहेको समयमा बस दुर्घटनामा परेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
