पशुपति शर्मा र पार्वती जि.सी. को सालैजो ‘चल्दैन वासना’ (भिडियो)

काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको लय, शब्द र स्वरमा नयाँ गीत सार्बजनिक गरेका छन् ।

समाजमा घट्ने हरेक क्रियाकलापलाई टपक्कै टिपेर व्यग्यशैलीमा गीत गाउन सिपालु गायक शर्माले यसपटक भने सालैजो गीत मार्फत दर्शकमाझ आएका हुन् । यद्यपी, उनको यो नै पहिलो सालैजो गीत भने होईन् ।

Advertisement

सार्वजनिक गीतमा शर्मा स्वयमको स्वर रहेको छ भने चर्चित गायिका पार्वती जि.सी.ले साथ दिएकी छिन् । उक्त गीतको भिडियोमा प्रकाश सपुत र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

गीतले छोटो समयमै राम्रो लोकप्रियता कमाएको छ ।

More News last news
Loading...