२० वर्षमा बन्यो स्याङ्जामा बसपार्क, स्थानीय हर्षित

प्रकाश डोटेल,स्याङ्जा । जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित विष्णुपधेरामा झण्डै १४ रोपनी जग्गामा बसपार्क निर्माण भएको छ ।

आर्थिक वर्ष २०५४/०५५ बाट निर्माण शुरु भएको बसपार्क करिब २० वर्षको अवधिमा सम्पन्न हुन लागेको हो । स्थानीय गण्डकी यातायात बस व्यवसायी समितिको सक्रियतामा निर्माण शुरु भएको बसपार्कमा करिब २ करोड ३० लाख लगानी भएको छ । समिति मार्फत झण्डै १ करोड लगानी भएको छ भने नेपाल सरकारका तर्फबाट २० वर्षको अवधिमा १ करोड ३० लाख खर्च भएको छ । “निर्माण शुरु भएदेखि २०६८ सम्म बस व्यवसायीले समिति मार्फत काम भएको थियो ।”

Advertisement

गण्डकी बसपार्क व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालले भने, “२०६८ पछि नेपाल सरकारले बजेट विनियोजन गर्न थालेपछि निर्माण कार्यले तिव्रता पाएसँगै बसपार्क संचालनको अन्तिम चरणमा पुगेको छ ।” विष्णुपधेराको खोल्सामा बजार क्षेत्रबाट निस्कने माटोले पुरेर बसपार्क बनाउन पर्दा निर्माणमा समय लागेको उनले बताए । बसपार्क बनेपछि पहाडी राजमार्ग त्यसमा पनि सा“धुरो सडकमा पार्किङ् गर्ने समस्या हटने भएपछि स्थानीय व्यवसायी तथा यातायात व्यवसायी उत्साहित देखिएका छन् ।

जथाभावि पार्किङ् गर्नुपर्ने र यात्राका लागि सवारी साधन खोज्नुपर्ने बाध्यता हटने भएपछि स्थानीय पनि खुसी भएका छन् । जिल्ला सदरमुकामबाट छुट्ने साना सवारी साधनलाई तल्लो बसपार्क तथा पोखरा, काठमाडौं र बुटवललाई छुटने ठूला सवारी साधनलाई माथिल्लो बसपार्कबाट छुटाउने व्यवस्था समितिले मिलाएको छ । समितिका अनुसार साना साधनलाई करिब ४ रोपनी र ठूला सवारी साधनलाई ९ रोपनी जग्गामा पार्किङ्को व्यवस्था गरिएको छ ।

जग्गा अभाबमा बजार क्षेत्रबाट केहि दुरिमा बनेको बसपार्क सुरक्षाका दृष्टिले कमजोर रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार समिति मार्फत जनपथ प्रहरीको काउन्टर राख्न सके २४ सै घण्टा सवारी साधनलाई पार्किङ गरि राख्न समस्या हुने थिएन । “बसपार्कलाई सुरक्षित बनाउन समितिले स्थानीय सरकार नगरपालिका र सुरक्षा निकायसग समन्वय गरेको छ ।”

समितिका अध्यक्ष अर्यालले भने, “लामो प्रयासमा बनेको बसपार्कलाई व्यवस्थित रुपमा संचालन गर्न सरोकारवाला निकायसँग छलफल गरिएको छ ।” राज्यको ठूलो बजेट खर्च गरेर बनेको बसपार्क संचालन गर्न साना समस्याले रोक्न नहुने अर्यालले बताए ।

 

More News last news
Loading...