अछाम । गएराति चट्याङ लागेर चौरपाटी गाउँपालिका –३ गगुडामा १० महिने बालकको ज्यान गएको छ।
बेलुकी साढे ७ बजेतिर घरमै सुतिरहेको बेला चट्याङ लागेर रमेश कामीका १० महिने छोरा आयुष कामीको ज्यान गएको हो।
चट्याङ लागेर रमेशकी १६ वर्षीया बहिनी सीता कामी गम्भीर घाइते हुनुभएको छ। घाइते सीताको अनुहारदेखि छातिसम्म जलेको छ।
उहाँको बयालपाटा अस्पतालमा उपचार भैरहेको स्थानीय कृष्ण बहादुर साउदले जानकारी दिनुभयो। चट्याङबाट उहाँको गोठमा बाधिएका ५ वटा बाख्रा र एउटा गोरु पनि मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
