मोदीलाई ओलीको नेपाल भ्रमणको निम्तो

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिनुभएको छ। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो।

पत्रकार सम्मेलनमा ओलीले दुई देशबीचको सम्बन्ध भ्रमणले मजबुद बनाएको भन्दै भारतले गरेको विकासबाट नेपालले अनुसरण गर्ने बताउनुभयो।

Advertisement

भारतसँगको अतिरिक्त कनेक्टिभिटीका लागि जलमार्ग प्रयोगमा ल्याउन भारतसँग सहमति भएको पत्रकार सम्मेलनमा उहाँले उल्लेख गर्नुभयो । यस्तै भारतले भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने विषयमा भारत प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो।

दुवै देशबीच काठमाडौंसँग भारतलाई जोड्ने रेल्वे लाईन विस्तार गरिने सहमति पनि भएको छ।

 

More News last news
Loading...