सलमानको जमानतमा सुनुवाई गरिरहेका न्यायाधीशको सरुवा, अब के हुन्छ ?

काठमाडौं । कालो हरिणको शिकार मामलाममा दोषी पाइएका बलिउड अभिनेता सलमान खानको जमानत याचिकाममाथि सुनुवाई गरिरहेका न्यायाधीशको सरुवा भएको छ । शुक्रवार राजस्थान उच्च अदालतको वेभसाइटमा राखिएको सरुवा आदेशका अनुसार जोधपुरका जिल्ला अदालतका रविन्द्र कुमार जोशीको सरुवा सिरोहीमा भएको छ ।

उनको स्थानमा चन्द्र शेखर शर्मा जोधपुरमा सरुवा भएका छन् । अब सलमानको आजका लागि तोकिएको याचिका माथिको सुनुवाई हुन्छ कि हुन्न भन्ने अन्यौल भएको छ।

Advertisement

शुक्रबार तल्लो अदालतबाट आवश्यक कागत पत्र माग भएपछि सुनुवाई शनिवारका लागि सरेको थियो तर त्यसबीचमा न्यायाधीश परिवर्तन भएपछि अब यो आदेश अब न्यायाधीश रविन्द्र कुमार जोशीमाथि निर्भर भएको छ कि उनले यो मामलामा शनिवार सुनुवाइ गर्छन् या गर्दैनन् ।

राजस्थान उच्च अदालतको वेभसाइटमा ६ अप्रिलममा राखिएको अर्डर नम्बर २० मा कुला ८७ न्यायाधीशको सरुवा भएको छ ।

 

More News last news
Loading...