धनुषा । धनुषामा एक १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्दै भिडियो खिच्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले शहीदनगर नगरपालिका–८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दिपेश बिराजीलाई प्रहरीले पक्रउ गरि कार्वाही थालेको यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाले जानकारी दिएका छन् ।।
राति घरमा कोही नभएको मौका छोपी बालिकालाई हात–मुख बाँधेर अपहरण शैलीमा घर भन्दा एक किलोमिटर पर खेतमा लगेर पालैपालो बलात्कार गर्दै भिडियो समेत खिचेको पीडित बालिकाले बताएकी छिन् ।
बलात्कारपछि सो घटनाको भिडियो समेत खिचेर कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ । बालिका बलात्कार गर्ने दुवै जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
