काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको औपचारीक टोलीमा नराखी हिमालयन एयरलाईन्स संचालन गर्दै आएका विवादास्पद लगानीकर्ता व्यापारी आङछिरिङ शेर्पा र उनका क्यासिनो माजोङका साझेदार विनोद श्रेष्ठलाई आफैँ गएको विमानमा राखेर दिल्ली लगेका छन् ।
ओलीले यसअघि पनि प्रधानमन्त्री हुँदा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगममा यात्रा गर्नुपर्ने प्रवधानको खिल्ली उडाउँदै चीन भ्रमणका क्रममा उनै विवादास्पद लगानीकर्ता आङछिरिङ शेर्पाको लगानी रहेको हिमालयन एयरमा यात्रा गरेर विवादमा तानिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
