गायक राजेश पायल राईको सवारी दुर्घटना

काठमाडौं, २३ चैत । भर्ससटाइल गायक गायक राजेश ‘पायल’ राई सवारी दुर्घटनामा परेर घाइते भएका छन् । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा उनको गाडी दुवी चौर भन्ने स्थानमा दुर्घटना भएको हो।

घाइते भएका गायक राजेश पायल रार्इ र रेडियो कान्तिपुरको प्रशासन प्रमुख परमानन्द खनाल । गायक राई चढेको गाडिलाई पछाडिबाट गाडिले टक्कर दिएको उनले बताए । उनको टाउकोमा सामान्य चोट लागेको र खतरा मुक्त रहेको जानकारी दिए।

Advertisement

गायक राईले आफू दुर्घटनामा परेको भए पनि आफू सेफ रहेको बताएका छन् । उनले अहिले आफू कार्यक्रमस्थल पुगिसकेको र होटलमा आराम गरिरहेको बताएका छन् । गायक राईले भोलि मात्र कार्यक्रम रहेकाले आरामपछि कार्यक्रममा सहभागी हुने बताए।

More News last news
Loading...