प्रचण्ड पत्नी सीता दाहाललाई फेरी अर्को शोक

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई अर्को शोक परेको छ।

शुक्रबारमात्र उनका भाई महाप्रसाद पौडेलको भरतपुर अस्पतालमा निधन हुन पुगेको छ। ५१ बर्षीय पौडेल उच्च रक्तचाप, मधमेह र मृगौलाका रोगी थिए।

Advertisement

छोरा प्रकाशको निधनका कारण लामो समय शोकविव्हल सीता पछिल्लो समय विस्तारै सम्हालिन थालेकी थिइन्। सीताको स्वास्थ्य अवस्थामा पछिल्लो समय सुधार आएको छ।

तर, पुत्रशोकबाट विस्तारै सम्हालिन थालेका बेला उनले फेरि असमयमै भाई महाप्रसादलाई गुमाएकी छन्। स्व पौडेलको शुक्रबार दिउसो चितवनमा अन्त्येष्टी गरिएको छ।

More News last news
Loading...