कांग्रेस निकट विद्यार्थी संघ, अमेरिकाको प्रबक्तामा मदन कठायत नियुक्त

काठमाडौं । नेपाल विद्यार्थी संघ अमेरिका शाखाको प्रवक्तामा मदनराज कठायत नियुक्त भएका छन्।

सानफ्रान्सिस्कोमा बस्दै आएका कठायत नेविसंघ अमेरिका शाखाको सहमहामन्त्री समेत हुन् । नेविसंघको अन्तर्राष्ट्रिय शाखामा महत्वपूर्ण रुपमा क्रियाशील रहेर संगठनको गरिमा बढाएको भन्दै कठायतलाई प्रवक्ताको जिम्मेवारी दिइएको अध्यक्ष महेन्द्रबहादुर शाहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

Advertisement

संगठनको चुस्ततामा अझै बढी जिम्मेवार रहन थप जिम्मेवारीले हौसला मिलेको नेविसंघका नव नियुक्त प्रवक्त कठायतले बताए।

More News last news
Loading...