एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ।
कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो।
सलमानलाई तत्कालै हिरासतमा लिइएको छ। उनलाई सेन्ट्रल जेलमा लगिने छ।
उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए। तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ। यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
