जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ मा बेबारिसे बम विस्फोट हुँदा एक महिला घाइते भएकी छन्।
जर्दा (सुर्ती)को बट्टामा हालेर झोलामा राखिएको बम विस्फोट भएर छर्राले लाग्दा स्थानीय तिखीमाया तामाङ घाइते भएकी हुन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
बिहान साढे ७ बजेतिर खेतमा जाँदै गरेकी तामाङ बाटोमा एउटा आँपको रुखमुनि पुग्दा बम विस्फोट भएको थियो।
उनको हात, खुट्टा र छातीमा चोट रहेको अञ्चल अस्पताल जनकपुरका डाक्टर केवी दासले जानकारी दिए।
विस्फोटको घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
