ईटा भट्टाको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

मोरङ । मोरङको कटहरी गाउँपालिका–२ स्थित एसीसी ईटा भट्टामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ईटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मिँयाको एक बर्षिय छोरा अलमान मिँया रहेका छन्।

Advertisement

पानीमा डुबेर गम्भिर घाइते भएका बालकलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

More News last news
Loading...