कांग्रेस, एमाले र माओलाई पूरानै दलको कार्यालय, स्वतन्त्र सांसदलाई पनि छुट्याईयो

काठमाडौँ । संघीय संसद् सचिवालयले स्वतन्त्र सांसदलाई छुट्टै कार्यालय उपलब्ध गराएको छ। सचिवालयले पूर्वतयारी गर्दा शुरूमा सबै स्वतन्त्र सांसदलाई संयुक्तरूपमा एउटै कार्यालय दिने योजना बनाएको थियो। सचिवालयका प्रशासन महाशाखाका सह–सचिव सुरजकुमार दुराले उहाँहरूको मागअनुसार छुट्टै कार्यालय उपलब्ध गराइएको बताउनुभयो।

‘उहाँहरूले कोठामा माग्नुभयो। केही कोठा खाली थिए, त्यसैका आधारमा छुट्टै कोठा दिएका हौं।’ –दुराले बताउनुभयो। उहाँहरूलाई पनि आवश्यक न्यूनतम सुविधा दिने तयारी गरेको सहसचिव दुराले जानकारी दिनुभयो। प्रतिनिधिसभामा समानुपातिक ३ प्रतिशत मत नआएको र प्रतक्ष्यतर्फ १ सिट नजितेका दलको हैसियत स्वतन्त्र रहने व्यवस्था छ। आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

नयाँ शक्ति पार्टी नेपालबाट डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद लिङ्देन, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र स्वतन्त्र उम्मेदवार बनेर छक्कबहादुर लामाले प्रत्यक्षतर्फबाट निर्वाचन जित्नुभएको थियो। ४ पार्टीले पनि राष्ट्रिय मान्यता पाउनका लागि ३ प्रतिशत समानुपातिक मत पाउन सकेनन्। सचिवालयले एमाले, कांग्रेस र माओवादी (केन्द्र)लाई पुरानै संसदीय दलको कार्यालय उपलब्ध गराएको छ।

प्रतिनिधिसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालले मात्र राष्ट्रिय मान्यता पाएका छन्।

Advertisement

More News last news
Loading...