नालिमा पोको पारेर फालिएको बोरा खोलेर हेर्दा प्रहरी चकित, यस्तो रहेछ कारण !

धनुषा । महिलामाथि हुने हिंसाको घटना न्युनिकरण गर्न महोत्तरी प्रहरीले तीनमहिने विशेष अभियान सञ्चालन गरेको १२ घण्टा नबित्दै एक महिलाको हत्या भएको छ।

जनकपुर मटिहानी सडकखण्डको मटिहानी नगरपालिका ४ मा मंगलबार राती हत्या गरेर सडकपेटीमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको हो ।

Advertisement

हत्या गरी जुटको बोरामा राखेर फालिएको शव मटिहानी नगरपालिका २ बस्ने ३० वर्षकी पुनमदेवी दासको रहेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुको नाम खुलाईएको छैन ।

परिवारले मंगलबार दिउँसो ४ बजे पुनमदेवी हराएको भन्दै स्थानीय प्रहरी चौकीमा जानकारी गराएका थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। – उज्यालोको सहयोगमा

More News last news
Loading...