बाम बैठक आज : विवादित विषयलाई टुंगोमा लैजाने समितिको तयारी

काठमाडौँ । पार्टी एकताको प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ। आज साँझ बैठकको समय निर्धारण गरिएको एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

एकतामा संख्या अनुपात, जनयुद्ध शव्दको प्रयोग र चुनाव चिन्हमा विवाद देखिएको चर्चा चलिरहेका बेला बैठक बस्न लागेको हो।

Advertisement

फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुंगो लगाउन संयोजन समितिले छलफल गर्ने बताइएको छ।

एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन्।

त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल सहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्। एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी भएको छ।

More News last news
Loading...