१८ महिनासम्म कसरी बाँच्यो टाउको काटिएको यो कुखुरो !

अमेरिकामा ७० वर्षअघि एक किसानले एउटा कुखुराको टाउको काटिदिए । तर, टाउको काटिएको त्यो कुखुरो तत्काल मरेन, १८ महिनासम्म बाँचिरह्यो ।

चकित बनाउने यो घटनापछि यो कुखुरो ‘मिराकल माइक’ नामबाट विश्वचर्चित बन्यो । यो टाउको काटिएको कुखुरो यति लामो समयसम्म कसरी बाँच्न सक्यो ?

Advertisement

१० सेप्टेम्बर १९४५ मा कोलाराडोस्थित फ्रुटामा रहेको आफ्नो फार्ममा लोयल ओल्सेन र उनकी पत्नी क्लारा कुखुरा काटिरहेका थिए ।

तर त्यो दिन करिब ४० देखि ५० कुखुरा काटिसकेपछि एउटा टाउको काटिएको कुखुरो भने मरेन । ओल्सेन र क्लाराका नाति ट्रोय वाटर्स भन्छन्, ‘जब आफ्नो काम सकेर उहाँहरु मासु उठाउन लाग्नु भएको थियो, त्यहाँ एउटा टाउकोबिना पनि बाँचिरहेको एउटा कुखुरो हिँडिरहेको थियो ।’

त्यसपछि दम्पतिले त्यो कुखुरलाई स्याउ राख्ने एउटा बाकसमा राखेर थुनिदिए । तर जब भोलिपल्ट लोयल ओल्सेनले त्यो टाउको काटिएको कुखुरालाई जिउँदो देखेपछि चकित भए ।

बालककालमा वाटर्स आफ्ना जिजुबाजेबाट यो सत्यकथा सुनेका थिए । अमेरिकाको फ्रुटामा हरेक साल ‘हेडलेस चिकन’ महोत्सव नै मनाउने गरिन्छ ।

वाटर्स भन्छन्, ‘उहाँहरु मासु बजारमा कुखुराको मासु बेच्नका लागि आफूसँगै त्यो टाउको काटिउको कुखुरालाई पनि लिएर गए । त्यो बेला घोडा गाडीमा चढेर जाने चलन थियो ।

त्यसपछि उनले बजारमा यस अनौठो घटनाका लागि बियरसहित अन्य खानेकुरामा बाजी थापे । त्यसपछि टाउको काटिएको जिउँदो कुखुरोबारे परालको आगोझैँ पुरै फ्रुटामा यो कुरा फैलियो । एक स्थानीय समाचार पत्रिकाले ओल्सेनलाई भेट्नका लागि आफ्ना एक संवाददाता नै पठाए ।

केही दिनपछि नै एक साइड शोका प्रवर्द्धक होप बेडले ३०० माइल टाढाको युटा प्रान्तमा साल्ट लेक सिटीबाट आए । अनि ओल्सेनलाई आफ्नो शो मा निम्ता पनि दिए ।

अमेरिकाको भ्रमण

उनी सबैभन्दा पहिले साल्ट लेक सिटी गए र त्यसपछि युटा विश्वविद्यालय पुगे । जहाँ ‘माइक’ को जाँच गरियो । टाउको काटिएको कुखुरो बाँचेको थाहा पाएपछि विश्वविद्यालयका वैज्ञानिकहरुले अन्य कयौँ कुखुराको टाउको काटिदिए । यसो गर्नुको कारण एउटै थियो, त्यसैगरि अन्य कुखुरा पनि बाँच्छन् कि बाँच्दैनन् ।

माइकलाई ‘मिराकल माइक’ नाम होप वेडले नै दिएका थिए । उसमाथि ‘लाइफ म्याग्जिन’ ले पनि कथा बनायो । त्यसपछि त लोयड, क्लारा र माइक पूरै अमेरिकाको भ्रमणमा निस्किए ।

उनीहरु क्यालिफोर्निया, एरिजोना र अमेरिकाको दक्षिण पूर्वी राज्यमा गए । माइकको यस यात्रासँग जोडिएको कुरालाई क्लाराले नोट गरेकी थिइन् जुन आज पनि वाटर्स नजिकै रहेको छ।

लेकिन ओल्सेन जब १९७४ को बसन्त ऋतुमा एरिजोनाको फिनिक्स पुगे तब माइकको मृत्यु भयो । माइकलाई प्राय गरेर थोपा थोपा जुस दिइन्थ्यो । उसको भोजन नलीलाई सिरिन्जले सफा गरिन्थ्यो । यसो गर्नुको कारण उसको गलामा समस्या आउन नदिनु थियो ।

तर त्यो रात ओल्सेनले सिरिन्ज एक कार्यक्रममा भुलेपछि अर्को सिरिन्ज व्यवस्था गर्न नसक्दा हृदयघातबाट माइकको ज्यान गयो ।वाटर्स भन्छन्, ‘सालौँसम्म ओल्सेन ले माइकलाई बेचिदिएको बताउँदै आएका थिए । तर एक रात उनले मलाई खासमा माइक मरेको कुरा खोले ।’

तर पनि ओल्सेनले कहिल्यै पनि माइक मरेपछि के गरेँ भन्ने बताएनन् । तर माइकका कारण उनको आर्थिक अवस्थामा धेरै सुधार आएको थियो।

न्यूक्यासल यूनिभर्सिटीमा सेन्टर फर बिहेबियर एन्ड इभोल्युसनसँग जोडिएका चिकन एक्सपर्ट डा. टम स्मल्डर्सका अनुसार रोचक कुरा भनेको कुखुराकव पूरा टाउको उसको आँखाको कंकालको पछाडि एक सानो भागमा हुन्छ ।

रिपोर्ट अनुसार माइकको चुचो, अनुहार आँखो निक्लिएको थियो । लेकिन स्मल्डर्सका अनुसार उसको मस्तिष्कको ८० प्रतिशत भाग जोगिएको थियो । जसमा माइकको शरिर, धड्कन, श्वास, भोक र पाचनतन्त्र चलिरह्यो ।

More News last news
Loading...