काठमाडौं । कुकुरलाई मायालु र इमान्दार घरपालुवा जनावरको रुपमा लिइन्छ। आधुनिक जीवनशैलीमा महँगो जातका कुकुर किनेर ल्याउने र त्यसलाई आफ्नो बच्चा जसतै गराएर हुर्काउने चलन पनि बढ्दै गएको छ।
मानिसले आफूले पालेको कुकुरलाई माया दर्शाउन उसलाई चुम्बन गर्ने, काखमा लिने गर्दा कुकुरले पनि ऊ प्रति माया दर्शाउँछ। मानिसको काखमा वा नजिकमा भएको समयमा कुकुरले माया दर्शाउनको लागि जिब्रोले चाट्ने गर्छ। तर, मानिसको जीवन रक्षा समेत गरिदिन सक्ने इमान्दार कुकुरको त्यो माया कहिलेकाही घातक सिद्ध हुनसक्छ।
कुकुरले सबै कुरा सुँघ्ने गर्छ। त्यस्तै, कहिलेकाहीं फोहोर कुरा मुखमा पनि लैजान सक्छ। जसले गर्दा, उसको नाक, मुख र जिब्रोमा धेरै मात्रामा व्याक्टेरिया तथा अन्य किरा बस्न सक्छन् । ती ब्याक्टेरियाबाट मानिसमा लहरे संक्रमण हुन सक्छ।

कुकुरले मुखमा चाटेका कारण स्टाफाइलोकोकस औरियस नामक खतरनाक संक्रमण भयो भने मानिसको अनुहार हेर्नै नसकिने गरी भयानक हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
