सल्यान । सल्यानमा दुईओटा बस एकआपसमा ठोकिदा करिब १२ जना भन्दा धेरै घाइते भएका छन्।
राप्ती राजमार्गमा पर्ने बागचौर नगरपालीकाको बांगेलाखुरी-सिमखोली सडकको बिचमा पर्ने पुर्व आर्मी क्याम्प नजिकैको मोडमा केहिबेर अगाडी दुर्घटना भएको हो।
ईलाका प्रहरी कार्यालय बांगेलाखुरीका प्रनानी राज बहादुर चन्दका अनुसार काठमाण्डौँबाट रुकुम जाँदै गरेको ना ७ ख २०४५ नम्बरको बस र रुकुमबाट दाङ जाँदै गरेको ना ४ ख ४८६१ नम्बरको बस एक आपसमा ठोकिएका हुन्।
अहिले घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको त्यहाँबाट पत्रकार समिर श्रीले जानकारी दिएका छन्। घाटनाको बिस्तृत खबर आउन बाँकी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
