एजेन्सी । बार्सिलोनाका लागी मेस्सी र स्वारेजले ८० सेकेण्डमा दुई गोल गरेपछि उसको अपराजित यात्रा कायम नै रहेको छ ।
स्पेनिस ला लिगा अन्र्गतको गएराती सेभियाको मैदानमा भएको खेलमा फ्राङ्को भाज्क्वेजले गोल गर्दै सेभियालाई ३६ औं मिनेटमा अग्रता दिलाए र ५० औं मिनेटमा लुइस मुरियलले सेभियाको अग्रता दोब्बर बनाएपछि बार्सिालना दबाबमा पर्यो।
दोस्रो हाफमा बार्सिलोनाका लागी मेस्सी र स्वारेज दुबै चम्किँदै ८) सेकेण्डमा लगातार एक एक गोल गरेपछि खेल बराबरीमा पुग्यो । लुइस स्वारेजले खेलको ८८ औं मिनेटमा गोल गरे भने ८९ औं मिनेटमा लियोनेल मेस्सीले गोल गरेका हुन् । गएरातीको खेलसँगै ला लिगा तालिकामा बार्सिलोनाको ७६ अंक छ भने सेभिया ४६ अंकसहित छैटौं स्थानमा छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
