रुपन्देही । बुटवलमा मोफसलकै सर्वाधिक पुरस्कार रहेको मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।
तेस्रो संस्करणको मदनभण्डारी गोल्डकपको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। गोल्डकपको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले नगद ७ लाख ५० हजार प्राप्त गर्ने छ।
प्रतियोगितामा मलेसियाको हिमालय फुटबल क्लब, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थ्री स्टार क्लबसहित १० टिमको सहभागीता रहने आयोजकले जनाएको छ।
खेल दिउँसो २ बजेपछि बुटबलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी पाँच नम्बर प्रदेश कमिटिले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
