काठमाडौं, चैत ९ । पुँजी बजारका लगानीकर्ताले पछिल्लो समय ६ खर्ब रुपैयाँ गुमाएका छन् ।
पुँजी बजारको लगानी संरक्षणमा सरकारले बेवास्ता गरेका कारण यस्तो अवस्था आएको लगानीकर्ताको दावी छ । केही समय अघिसम्म २१ खर्बको बजार हाल १५ खर्बमा झरेको छ ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर बजारका लगानीकर्ताले केही दिन यता ठूलो रकम गुमाएको बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
