जिम्बाबे ३५ वर्षपछि पहिलोपटक विश्वकप बाहिर, युएइले ध्वस्त पारिदियो सपना

एजेन्सी । सन् १९८३ देखि विश्वकप खेल्न थालेको र १९९३ मा वन डे इन्टरनेशनलको स्थायी मान्यता पाएको देश जिम्बाबे पहिलोपटक विश्वकप खेल्न नपाउने भएको छ । जिम्बाबेको जिश्वकप खेल्ने सपना युएइले चकनाचुर पारिदिएको छ।

१९८३ देखि लगातार विश्वकप खेल्दै आइरहेको जिम्बाबे विगत ३५ वर्षको इतिहासमा पहिलोपटक विश्वकप खेल्न नपाउने भएको हो। आजको विश्वकप छनोट प्रतियोगितामा युएइसँग पराजित भएसँगै जिम्बाबेको विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ।

Advertisement

आइसीसीको पछिल्लो नियमअनुसार १० टिमले मात्र विश्वकप खेल्न पाउनेछन् । यीमध्ये ८ टिम पहिल्यै छनोट भइसकेका थिए। अष्ट्रेलिया, इङल्याण्ड, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र न्यूजिल्याण्ड विश्वकपमा सिधै पुगेका थिए।

टेष्ट मान्यता पाएकामध्ये वेष्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड र अफगानिस्तान छनोटपछि मात्रै विश्वकप खेल्न पाउने वा नपाउने निश्चित हुने प्रावधान थियो।

यही छनोटमा पछिल्लो अंक तालिकाअनुसार वेष्ट इण्डिज विश्वकपका लागि छनोट भएको छ । तर, टेष्ट मान्यता पाएको जिम्बाबे भने विश्वकपबाट बाहिरिएको छ । छनोट खेलेका २ टिममात्र विश्वकपका लागि योग्य हुनेछन् । अंक तालिकामा ८ अंकसहित पहिलो वेष्ट इण्डिज विश्वकपका लागि छनोट भएको छ ।

अब छनोटको अन्तिम खेल मात्र बाँकी छ । आयरल्याण्ड र अफगानिस्तानबीच हुने यो खेलमा जुन टिमले जित्छ त्यही टिम विश्वकपमा छनोट हुने अन्तिम टिम हुनेछ । यदि यो खेल बराबरी भएमा वा कारणवश खेल नै हुन नसकेमा भने नेट रनरेटको आधारमा आयरल्याण्ड विश्वकप खेल्न पाउनेछ ।

 

More News last news
Loading...