शिक्षकले फेल गराएपछि ९ कक्षाकी छात्राले गरिन् आत्महत्या

एजेन्सी । शिक्षकले परीक्षामा कम अंक दिएको भन्दै एक १६ वर्षे छात्राले आत्महत्या गरेकी छिन्। भारतको मयुर विहारस्थित एक नामी स्कुलकी इकिशा शाहले मंगलबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन्।

उनको परिवार नोयडाको सेक्टर –५२ मा बस्दै आएको छ । उनका बाबु राघव शाह प्रतिद्ध कथक डान्सर बिरजू महाराजका शिष्य हुन् । परिवारले इकिशा लामो समयदेखि डिप्रेशनमा रहेकी थिइन्।

Advertisement

उनले स्कुलका दुई शिक्षकले गलत तरिकाले छुने गरेको उजुरी पनि गरेकी थिइन् । तर शिक्षकहरुले उल्टै परीक्षामा फेल गरिदिने धम्की दिँदै आएका थिए।

उनका बाबुको बयान – छोरीले मसंग दुई शिक्षकले एकान्तमा छुने गरेका छन्। दुवैले मलाई फेल गरिदिन्छन् । यस्तै भयो। मैले भन्ने गरेको थिएँ –छोरी शिक्षक गुरु हुन्।

तैपनि उनीहरुसंग केही टाढै रहनु । मेरी छोरीलाई ७ नम्बर दिएका छन्। स्कुलका प्रिन्सिपल पनि छोरीसंग राम्रोसंग कुरा गर्दैैनथे।’

झुण्डिनु २० मिनेट पहिले इकिशाले उनका बाबुलाई फोन गरेर आफ्ना लागि कुनै कपडा ल्याउन लागेको हो रु भन्दै फोन गरेकी थिइन्।

गत १६ मार्चमा आएको परीक्षाको नतिजामा दुई विषयमा इकिशा फेल भएकी थिइन्।

More News last news
Loading...