फेसबुकका मालिक जुकरबर्गले एक दिनमै गुमाए ५ अर्ब डलर

सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुक इङ्कका सह–संस्थापक एवम् सीईओ मार्क जुकरबर्गले एक दिनमै ५ अर्ब डलर गुमाएका छन्।

एक विज्ञापन कम्पनीले करोडौं फेसबुक प्रयोगकर्ताका सूचना प्रयोग गरेको खुलासा भएपछि कम्पनीको शेयर मूल्य घट्दा उनको नेटवर्थ घटेको हो।

Advertisement

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन विज्ञापन कम्पनी क्याम्ब्रिज एनालिटिकाले सामाजिक सञ्जालमा भएको एप डेभलपरबाट प्रयोगकर्ताको तथ्याङ्क लिएको र प्रयोगकर्ताको सूचना दुरुपयोग हुन नदिने नीतिको उल्लङ्घन भएको स्वीकारको थियो।

कम्पनीले ५ करोडभन्दा बढी प्रयोगकर्ताहरुको फेसबुक प्रोफाइलबाट निजी सूचना लिएको भन्दै न्यूयोर्क टाइम्सले समाचार पनि छापेको थियो।

यो खबरपछि सोमवारको कारोबारमा फेसबूकको प्रतिकित्ता शेयर मूल्य ६ दशमलव ८ प्रतिशतले घटेर १ सय ७२ डलर ५६ सेण्टमा आएको थियो।

यो कमीसँगै कम्पनीको ३७ अर्ब डलर बराबरकोे बजार पूँजीकरण स्वाहा भएको थियो । उता, जुकरबर्गले पनि ४ अर्ब ९० करोड डलर गुमाएका थिए।

योसँगै जुकरबर्गको नेटवर्थ ७० अर्ब ४० करोड डलरमा समेटिएको थियो भने ब्लुम्बर्गको विलिनेयर इन्डेक्समा उनी चौथौंबाट झरेर पाँचौं स्थानमा आएका थिए । सूचकअनुसार जुकरबर्ग सोमवार सबैभन्दा धेरै गुमाउने अर्बपति हुन्।

उक्त दिन जेफ बेजोस, बिल गेट्स, वारेन बफेट र ल्यारी पेजले क्रमशः २ अर्ब १४ करोड डलर, ७९ करोड ५० लाख डलर, १ अर्ब १७ करोड डलर र १ अर्ब ४८ करोड डलर बराबरको नेटवर्थ गुमाएका छन्। एजेन्सी

More News last news
Loading...